Kathmandu Press

मोबाइल पड्किँदा किशोरीको मृत्यु

अछाम, चैत १० : मोबाइल पड्किएर अछाममा एक किशोरीको मृत्यु भएको छ। मोबाइल चार्जमा लगाएर फिल्म हेरिरहँदा मोबाइल पड्किएर घाइते भएकी ती किशोरीको...
मोबाइल पड्किँदा किशोरीको मृत्यु

अछाम, चैत १० : मोबाइल पड्किएर अछाममा एक किशोरीको मृत्यु भएको छ। मोबाइल चार्जमा लगाएर फिल्म हेरिरहँदा मोबाइल पड्किएर घाइते भएकी ती किशोरीको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार अछामको मंगललसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १०:४४ बजे, मंगलबार, चैत १०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्