Kathmandu Press

नेकपाले केन्द्रीय सदस्यको कार्यविभाजन भोलि टुंगो लगाउने

काठमाडाैं, जेठ २१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजन भोलि टुंगो लगाउने भएको छ। 

प्रधानमन्त्री....

नेकपाले केन्द्रीय सदस्यको कार्यविभाजन भोलि टुंगो लगाउने

काठमाडाैं, जेठ २१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजन भोलि टुंगो लगाउने भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले बुधबार कार्यविभाजन टुंग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

“कार्यविभाजनको कार्यसूचीमा छलफल शुरु भएको छ। छलफल सहमति नजिक पुगेको छ। बुधबार केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा लाग्नेछौ,” श्रेष्ठले भने।

एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन्। नेकपाको सचिवालय बैठक जेठ २ गतेपछि यता बस्न सकेको थिएन। जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो।

पार्टीका नेता झलनाथ खनालले पार्टीमा कार्यविभाजनबारे विवाद नभई छलफल नटुङ्गिएर ठोस निर्णयमा पुग्न नसकिएको बताए। पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन। सचिवालयको बैठक भोलि दिउँसो १२ बजे बस्नेछ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, जेठ २१, २०७६