Kathmandu Press

जेठभित्र स्ववियू चुनाव गर्ने सहमति, ४८औं दिनमा विद्यार्थीले अनशन ताेडे

काठमाडौं, चैत ९ : आगामी जेठभित्र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन गर्न त्रिभूवन विश्वविद्यालयका पदाधिकारी सहमत भएका छन्।रिले अनसन बसिरहेका नेविसंघका विद्यार्थी र...
जेठभित्र स्ववियू चुनाव गर्ने सहमति, ४८औं दिनमा विद्यार्थीले अनशन ताेडे
सहमतिपछि त्रिवि पदाधिकारी र विद्यार्थी।

काठमाडौं, चैत ९ : आगामी जेठभित्र स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)को निर्वाचन गर्न त्रिभूवन विश्वविद्यालयका पदाधिकारी सहमत भएका छन्।

रिले अनसन बसिरहेका नेविसंघका विद्यार्थी र त्रिवि पदाधिकारीबीच स्ववियू निर्वाचन गर्न सोमबार सहमति भएको हो। स्ववियू निर्वाचनका लागि चैत २५ गते सर्वपक्षीय छलफल गर्ने सहमति भएको छ।

सहमति भएसँगै रिले अनशनमा बसिरहेका विद्यार्थीले अनशन तोडेका छन्। अनशन तोडाउन त्रिविका उपकुलपति धर्मकान्त बास्कोटा उपस्थित भएका थिए।

६ बुँदे सहमति पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्। उनीहरु ४८ दिनदेशि रिले अनशनमा थिए।

प्रकाशित मिति: १८:५० बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्