Kathmandu Press

पछिल्लो २४ घण्टामा थप १५० जनामा काेराेना

काठमाडौं, चैत ९ : देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...
पछिल्लो २४ घण्टामा थप १५० जनामा काेराेना

काठमाडौं, चैत ९ : देशभर पछिल्लो २४ घण्टामा थप १५० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ४ सय ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण तीनजनाको मृत्यु भएको छ। आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित २ लाख ७६ हजार ५६ पुगेका छन्।

त्यस्तै पछिल्लो समय थप ९९ जना निको भएका छन्। यससँगै निको हुने २ लाख ७२ हजार २० र निको हुने दर ९८.५ प्रतिशत छ।

अहिले देशभर १ हजार १७ सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ५० जना क्वारेन्टिनमा तथा  अन्य  आइसोलेशनमा छन्।

हालसम्म नेपालमा २२  लाख ४०  हजार ९८९  को पिसिआर परीक्षण भएको छ।  हालसम्म तीन हजार १९  जनाले  कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १७:२० बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्