Kathmandu Press

राष्ट्रिय धर्मसभामा नयाँ नेतृत्व

काठमाडौं, चैत ९ : राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।अध्यक्षमा प्रा.डा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं. सूर्यप्रसाद...
राष्ट्रिय धर्मसभामा नयाँ नेतृत्व

काठमाडौं, चैत ९ : राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ।

अध्यक्षमा प्रा.डा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं. सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित भएका छन्। यसैगरी महासचिवमा डा. पवित्रबहादुर खड्का निर्वाचित भएको धर्मसभाले छ।

देशभर धार्मिक क्षेत्रमा अध्ययनअनु्सन्धान गर्दै आएको र ७७ जिल्लामा संगठन विस्तार गरिएको  धर्मसभाका सचिवद्वयमा डा. पुरुषोत्तम भट्टराई र पं. लेखनाथ न्यौपाने तथा कोषाध्यक्षमा देवीप्रसाद पाठक चयन हुनुभएको छ।

यसैगरी केन्द्रीय सदस्यमा पूर्वराज्यमन्त्री कान्ता भट्टराई, प्रा. वासुदेव आचार्य, लोकराज पौडेल, पं. कृष्णप्रसाद खनाल, सहप्रा.डा. माधवप्रसाद पाण्डेय, पुष्पराज पुरुष, भरत शर्मा, आचार्य शिवशंकर न्यौपाने, पं. डिल्लीराम गौतम निर्वाचित भएका छन्। 

अन्य निर्वाचित सदस्यमा आचार्य सन्तोष वाशिष्ठ, आचार्य लक्ष्मण पन्थी, रामदरेश राय, अनन्तहरि आचार्य, डा. बलराम रेग्मी, ज्यो. खिलानाथ काफ्ले, टेकराज पनेरू, रामनाथ अधिकारी, कमलादेवी धिताल, सीता खड्का र विक्कीजंग राणा छन्। 

प्रकाशित मिति: १७:०४ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्