Kathmandu Press

फास्ट ट्रयाकबारे अध्ययन गर्न उपसमिति

काठमाडौं, चैत ९ : फास्ट ट्र्याक निर्माणका क्रममा विभिन्न अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरिएको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको...
फास्ट ट्रयाकबारे अध्ययन गर्न उपसमिति

काठमाडौं, चैत ९ : फास्ट ट्र्याक निर्माणका क्रममा विभिन्न अनियमितता भएको भन्दै अध्ययनका लागि उपसमिति गठन गरिएको छ। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले एमाले सांसद गणेश पहाडीको संयोजकत्वमा सो उपसमिति बनाएको हो।

सो उपसमितिका अन्य सदस्यमा जिपछिरिङ लामा, इन्दु शर्मा, अनिल झा र केदार सिग्देल छन्। सो उपसमितिले फास्ट ट्र्याक निर्माणमा भएका लापरबाही, सेनाले गर्ने ठेकेदार छनोट, पुल निर्माणमा देखिएको अनियमितता, खोकना विवादलगायत विषयमा अध्ययन गर्ने जनाइएको छ।

अध्ययन प्रतिवेदन पेस गर्न समितिलाई दुई महिनाको समय दिइएको छ।

प्रकाशित मिति: १४:२९ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्