Kathmandu Press

नेपालमा ठूलो भूकम्प आउँछ भन्दै अफवाह फैलाउने ‘ज्योतिषी’ क्षेत्री पक्राउ

काठमाडौं, जेठ २१ : नेपालमा ठूलो भूकम्प आउने भन्दै अफवाह फैलाउने ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। 

आउँदो जेठ २७....

नेपालमा ठूलो भूकम्प आउँछ भन्दै अफवाह फैलाउने ‘ज्योतिषी’ क्षेत्री पक्राउ

काठमाडौं, जेठ २१ : नेपालमा ठूलो भूकम्प आउने भन्दै अफवाह फैलाउने ज्योतिषी अर्जुन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। 

आउँदो जेठ २७ मा नेपालका पश्चिमी र पूर्वी भागमा ठूलो भूकम्प आउने भविश्यवाणी गर्दै विभिन्न च्यानलमा अन्तर्वार्ता दिँदै आएका ज्योतिषी क्षेत्रीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। 

क्षेत्रीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरिएको काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। क्षेत्रीमाथि ठूलो भूकम्प आउने भनेर अफवाह फैलाएको अभियोग लगाइएको छ। 

आफूलाई युवा ज्योतिषी बताउने क्षेत्रीले विभिन्न युट्युव च्यानलहरुमा नेपालमा जेठ २७ गते ठूलो भूकम्प आउने बताउँदै आएका थिए।
 

प्रकाशित मिति: १६:३० बजे, मंगलबार, जेठ २१, २०७६