Kathmandu Press

भारतका लागि नेपाली राजदूत आचार्य क्वारेन्टिनमा

काठमाडौं, चैत ९ : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य क्वारेन्टिनमा बसेका छन्। भारतको लोकसभाका सभामुख ओम बिरलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि...
भारतका लागि नेपाली राजदूत आचार्य क्वारेन्टिनमा

काठमाडौं, चैत ९ : भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य क्वारेन्टिनमा बसेका छन्। भारतको लोकसभाका सभामुख ओम बिरलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी क्वारेन्टिनमा बसेका हुन्। राजदूत आचार्यलाई भेटेको भोलिपल्टै बिरलामा कोरोना संक्रमण पुष्टि भएको थियो।

नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) ले विज्ञप्ति जारी गरेर सभामुख बिरलालाई कोरोना संक्रमण भएको जानकारी गराएको थियो। एम्सले जारी गरेको विज्ञप्तिअनुसार सभामुख बिरलाको स्वास्थ्य अवस्था सामान्य छ।

राजदूत आर्चायको पनि स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमणको कुनै लक्षण नदेखिएको दूतावासले जनाएको छ।

प्रकाशित मिति: १४:१७ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्