Kathmandu Press

बन्दीको आचरण सुधार्न हिरासतमा पुस्तकालय

काभ्रे, चैत ९ : विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक...
बन्दीको आचरण सुधार्न हिरासतमा पुस्तकालय

काभ्रे, चैत ९ : विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पु¥याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरिएको छ ।

‘आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब’ भन्ने नाराका साथ कार्यालयले पुस्तकालय स्थापना गरेको हो। वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले पुस्तकालयको उद्घाटन गर्दै यसले उत्प्रेरणा र मनोवृत्ति परिवर्तन गर्ने, ज्ञानका कुरा सिक्ने तथा समयको पनि उचित सदुपयोग हुने बताए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले न्यायिक हिरासतमा रहेकाको आचरण व्यवहारमा परिवर्तन ल्याउन हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरिएको दिए।

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्