विश्व पानी दिवस मनाइँदै
काठमाडाैं, चैत ९ : विश्वभर विविध कार्यक्रम गर्दै आज विश्व पानी दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस...
काठमाडाैं, चैत ९ : विश्वभर विविध कार्यक्रम गर्दै आज विश्व पानी दिवस मनाइँदै छ। प्रत्येक वर्ष मार्च २२ का दिन विश्व पानी दिवस मनाइन्छ ।
विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।
यस वर्षको पानी दिवसको नारा ‘मूल्यवान् पानी’ छ । स्वच्छ पानी र गुणस्तरीय मानव जीवनको महत्व दर्शाउनका लागि नै विश्व खानेपानी दिवस मनाउन थालिएको हो ।
संयुक्त राष्ट्रसंघले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औं आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्बद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ ।
दिवसका अवसरमा नेपालमा पनि सरकारी, सामाजिक र निजी क्षेत्रबाट पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको जनाइएको छ ।











