यस्तो बन्दै छ मुग्लिनको आर्क व्रिज (भिडियोसहित)
मुग्लिन, जेठ २१ : चितवन र तनहुँको सीमामा पर्ने त्रिशुली नदीमा निर्माण भएको आर्कविज सञ्चालनका लागि दुबैतर्फको सडकको सतह कटिङका लागि दिउँसो तीन घण्टा र ....
मुग्लिन, जेठ २१ : चितवन र तनहुँको सीमामा पर्ने त्रिशुली नदीमा निर्माण भएको आर्कविज सञ्चालनका लागि दुबैतर्फको सडकको सतह कटिङका लागि दिउँसो तीन घण्टा र राति ५ घण्टा यातयात बन्द गरिएको छ।
सतह कटिङ भइरहेका कारण पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिन सडकखण्ड राति ९ देखि दुई बजेसम्म र बिहान ११ देखि दिउँसो तीन बजेसम्म बन्द गरिँदै आएको छ। सडकको सतह कटिङ्ग गरी टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रेको कामपनि सँगसँगै अघि बढाइएकाले यातयात बन्द गर्नु परेको बताइएको छ।
एलाइट एड्भेन्चर लोहनी जेभिले बनाएको उक्त पुल १२ करोडको लागतमा निर्माण भएको हो। ७० वर्ष आयु हुने उक्त पुल ११ मिटर चौडा र १६० मिटर लामो छ। निर्माण सम्पन्न गरेर असार पहिलो हप्तादेखि संचालनमा ल्याउने तयारी गरिएको हो।











