Kathmandu Press

त्रिभुवन आर्मी ‘ए’ लाई ट्राई एडभेन्चरको उपाधि

काठमाडौं, चैत ९ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब  ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा...
त्रिभुवन आर्मी ‘ए’ लाई ट्राई एडभेन्चरको उपाधि

काठमाडौं, चैत ९ : नेपाली सेनाको त्रिभुवन आर्मी क्लब  ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको  ‘ए’ टोली च्याम्पियन बनेको हो । 

उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान्क सिस्टर तेस्रो भयो । उक्त प्रतियोगितामा पाकिस्तानी सेनाको टोली उत्कृष्ट अन्तर्राष्ट्रिय टिम घोषित भयो ।

साहसिक खेलकूदअन्तर्गत रहेको उक्त प्रतियोगितामा दौड, साइक्लिङ र राफ्टिङ समावेश गरिएको थियो । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितामा ६.७ किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर लामो राफ्टिङ समावेश गरिएको नेपाली सेनाले जनाएको छ । 

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला गरी तीन टोली, मध्य पृतनाको एउटा टोली, नेपालका अन्य १६ टोलीका साथै बङ्गलादेश, पाकिस्तान र बेलायतका गरी ८० खेलाडीको सहभागिता थियो । प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टोलीलाई १ लाख ५० हजार, दोस्रो भएको टोलीलाई १ लाख तथा तेस्रो भएको टोलीलाई ७५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ पहिलोलाई ५० हजार, दोस्रोलाई ३० हजार तथा तेस्रो हुनेलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो। 

सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा ६ नम्बर बाहिनी अड्डा र शिवदल गणलाई प्रधानसेनापति थापाले कदरपत्र प्रदान गरेका थिए। नेपाली सेनाले २०७१ सालदेखि सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा २०७४ देखि विभिन्न मित्र राष्ट्रका सैनिक टोलीलाई समेत सहभागी गराउँदै आएको छ। 

प्रकाशित मिति: ११:२६ बजे, सोमबार, चैत ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्