Kathmandu Press

काठमाडाैं महानगरपालिकाले चीनबाट थप दुईवटा ब्रुमर ल्याउने

काठमाडाैं, जेठ २१ : काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई ब्रुमर ल्याउने भएको छ। गत फागुनको अन्तिम साता इटलीबाट पाँच ....

काठमाडाैं महानगरपालिकाले चीनबाट थप दुईवटा ब्रुमर ल्याउने
फाइल फोटो

काठमाडाैं, जेठ २१ : काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई ब्रुमर ल्याउने भएको छ। गत फागुनको अन्तिम साता इटलीबाट पाँच ब्रुमर ल्याएपनि सडक सफा गर्न अपुग भएपछि थप दुईवटा ल्याउन लागिएको हो। चीनको छिन्दु नगरले काठमाडाैं महानगरपालिकालाई अनुदानमा दुई ब्रुमर दिन लागेको हो
  
ढिलोमा आगामी हप्तामा  काठमाडौँ  आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदण्डको रहेको र तिनको लम्बाइ ८.६ मिटर र चौडाइ ३.५ मिटर छ । कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले १५.८ मेट्रिकटन तौल भएका ती यान्त्रिक कुचो उपत्यका आएपछि सञ्चालनको मार्ग निर्धारण गरिने जानकारी दिए। हाल महानगरले पाँच यान्त्रिक कुचो उपत्यकाका मुख्य सडक सफा गर्नका लागि प्रयोग गर्दै आएको छ। पाँचमध्ये चार १६ टन क्षमताका तथा अर्को एउटा ६ टन क्षमताका छन्। 

ती यान्त्रिक कुचोले दिनमा १० किलोमिटरसम्मको धूलो सङ्कलन गर्न सक्छ। युरो मापदण्डका भनिएका यान्त्रिक कुचोको अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएको छ। पछिल्लो समय निर्माण तीव्ररुपमा भई धूलो बढिरहेका अवस्थामा ती ब्रुमरले ठूलो सहयोग पुग्ने विश्वास कामपाले लिएको छ। कामपाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार ब्रुमरले नियमित सफा गर्ने भनिए पनि वर्षातको  समय शुरु भएकाले नियमितरूपमा सफा गर्न भने सकेको छैन।

कानूनीरूपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र कामपाकोे जिम्मेवारीमा पर्छ। ती पाँच यान्त्रिक कुचो १० करोड ८० लाखमा ल्याइएको हो। यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई यान्त्रिक कुचोले सडक सफा गर्दै आएको थियो।

काठमाडाैं महनगरसँग यसअघि रहेको एक यान्त्रिक कुचो काम गर्न नमिल्ने अवस्थामा रहेको कामपाले जनाएको छ। यी ब्रुमर सञ्चालनका लागि हाल पाँच सडक क्षेत्र तय गरिएको छ। रासस

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, जेठ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्