होटललाई लकडाउन अवधिको विद्युत महसुल छुट, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय
काठमाडौं, चैत ८ : सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोना भाइरसको कारण गरिएको लकडाउन अवधिको विद्युत महसुल छुट दिएको छ।सरकारका प्रवक्ता एवं सञ्चार तथा...
काठमाडौं, चैत ८ : सरकारले होटल तथा रेस्टुरेन्टलाई कोरोना भाइरसको कारण गरिएको लकडाउन अवधिको विद्युत महसुल छुट दिएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले होटल उद्योगको रुपमा सञ्चालन भएका उद्योगमध्ये नियमित नवीकरण गरी कर विवरण पेस गरेका होटल तथा रेस्टुरेन्टलाई विद्युत महसुल छुट दिने निर्णय भएको बताए। अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले छुट दिने निर्णइ गरेको हो।
अब होटल तथा रेस्टुरेन्टले गत चैत ९ गतेदेखि यस वर्षको भदौ मसान्तसम्मको विद्युत शुल्क तिर्नुपर्ने छैन। त्यसैगरी असोज १ गतेदेखि माघ मसान्तसम्मको विद्युत् शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको उनले बताए।
यस्तो छन् मन्त्रिपरिषद्का निर्णय :




प्रकाशित मिति: १९:०३ बजे, आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











