ट्रली बस चलाउनेदेखि विमानस्थल निर्माण गर्नेसम्मलाई आयकरमा भारी छुट
काठमाडौं, जेठ २१ : सरकारले पूर्वाधारमा लगानी र सञ्चालन गर्ने निजी क्षेत्रलाई विशेष प्याकेज दिने भएको छ। सरकारले आर्थिक विधयेक– २०७६ मार्फत कम्पन....
काठमाडौं, जेठ २१ : सरकारले पूर्वाधारमा लगानी र सञ्चालन गर्ने निजी क्षेत्रलाई विशेष प्याकेज दिने भएको छ। सरकारले आर्थिक विधयेक– २०७६ मार्फत कम्पनीहरुलाई ५२ प्रतिशतसम्म आयकरमा छुट दिने भएको हो।
नेपालमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा खासै लगानी नगरेको भएपनि सरकारले भने आकर्षित गर्न नयाँ प्याकेज ल्याएको हो। सरकारले आर्थिक विधेयकमार्फत ट्राम वा ट्रली बस सञ्चालन गरेमा २० प्रतिशतसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ। त्यसैगरी रोपवे, केवलकार, रेल्वे, टनेल, वा आकासे पुल निर्माण गरी सञ्चालन गरेमा पनि आयकरमा २० प्रतिशत छुट दिइने छ।
विमानस्थल निर्माण तथा सञ्चालन गरेमा ४० प्रतिशतसम्म आयकरमा छुट दिने व्यवस्था आर्थिक विधेयकले गरेको छ। सरकारले निजी क्षेत्रलाई पनि विमानस्थल निर्माणका लागि व्यवस्था गर्न आयकरमा छुट दिने व्यवस्था ल्याएको हो। सडक, पुल वा सुरुङमार्ग निर्माण गरेर सञ्चालन गर्ने कम्पनीलाई आयकरमा ५२ प्रतिशतसम्म छुट दिइने छ।
त्यस्तै, ट्राम वा ट्रलि बसमा आफ्नै लगानी गर्ने र सञ्चालन गर्ने कम्पनीलाई आयकरमा ५२ प्रतिशतसम्म छुट सुविधा दिइने छ।






