Kathmandu Press

विद्यार्थीलाई अवसर सिर्जना गर्न ‘क्युब्स इन स्पेस नासो २०२१’ हुने

काठमाडाैं, चैत ८ : नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रिय क्षेत्रमा अवसर सिर्जना गर्न ‘क्युब्स इन स्पेस नासो २०२१’ हुने भएको छ। अमेरिकी संस्था आइडुडल...
विद्यार्थीलाई अवसर सिर्जना गर्न ‘क्युब्स इन स्पेस नासो २०२१’ हुने

काठमाडाैं, चैत ८ : नेपाली विद्यार्थीका लागि अन्तरराष्ट्रिय क्षेत्रमा अवसर सिर्जना गर्न ‘क्युब्स इन स्पेस नासो २०२१’ हुने भएको छ। अमेरिकी संस्था आइडुडल एडु इन्कसँग सहकार्यमा नेपाल एष्ट्रोनोमिकल सोसाइटीले ‘क्युब्स इन स्पेस नासो २०२१’ गर्न लागेको हो।

‘क्युब्स इन स्पेस’ एउटा ग्लोबल इञ्जिनीयरिङ डिजाइन प्रतिस्पर्धा हो । यसमा विद्यार्थीले आफ्ना प्रयोग ‘नासा साउन्डिङ रकेट’ तथा ‘जेरो प्रेसर साइन्टिफिक बेलुन’ मार्फत ‘स्पेस वा नियर स्पेस इन्भाइरोमेन्ट’मा पठाउन सक्नेछन् । यसका लागि विद्यार्थीले आफ्नो योजना बनाउने, मूल्यांकनमा पठाउने र छनोट भए भर्जिनियास्थित ‘क्युब्स इन स्पेस’ को कार्यालयमा पठाउनुपर्ने हुन्छ ।

कार्यक्रम अप्रिल १० देखि मे १५सम्म सञ्चालन हुने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। पाँच हप्तासम्म चल्ने कार्यक्रममा ११ देखि १८ वर्ष उमेर समूहका विद्यालय तहमा अध्ययनरत वा विद्यालय तहको पढाइ सकेका तर विश्वविद्यालय तहमा भर्ना नभएका विद्यार्थीहरु सहभागी हुने भट्टराईले बताए ।

देशभरका विद्यार्थीको पहुँच पुर्‍याउने उद्देश्यले कार्यक्रमका चार हप्ता विद्यार्थीले घरबाटै सहभागी हुन सक्नेछन् । पाँचौँ हप्तामा भने काठमाडौँ आउनुपर्ने सोसाइटीले जनाएको छ।
 
सो कार्यक्रममा सहभागिताका लागि तयारीस्वरुप नेपालमा सञ्चालन गरिने कार्यशालामा यस वर्ष ५० विद्यार्थीलाई अवसर दिन सकिने गरी अनुमति प्राप्त भएको सोसाइटीले जनाएको छ ।  सहभागीलाई अन्तरिक्ष विज्ञानसम्बन्धी विभिन्न ज्ञान दिँदै विभिन्न अन्तरिक्ष वातावरण तथा पक्षका बारेमा सिकाइने छ । विद्यार्थीलाई प्रयोगको डिजाइन गर्न लगाइनेछ । नेपालबाट छानिएका दुई क्युब्स यस वर्ष अमेरिका पठाइनेछ ।

यसअघि सो कार्यक्रममा ७३ देश सहभागी भइसकेका छन् । सोसाइटीमार्फत नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । विश्वरभबाट छानिएर दुई सय एक क्युब्स अन्तरिक्षमा पठाइनेछ । कार्यक्रममार्फत हालसम्म ९ सय प्रयोग अन्तरिक्षमा पठाइसकिएको छ ।

 

प्रकाशित मिति: १६:३० बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्