Kathmandu Press

नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिएको १० लाख रकम परिवारद्वारा लिन अस्वीकार

काठमाडौं, चैत ८ : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ  सहयोग लिन जोशी परिवारले अस्वीकार गरेको छ।बिहीबारको...
नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिएको १० लाख रकम परिवारद्वारा लिन अस्वीकार

काठमाडौं, चैत ८ : नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले दिने भनेको १० लाख रूपैयाँ  सहयोग लिन जोशी परिवारले अस्वीकार गरेको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले जोशीको उपचारका लागि उक्त परिमाणको रकम दिने निर्णय गरेको थियो। जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले जोशी परिवारले सरकारले उपचारका लागि दिने भनेको १० लाख रकम लिन अस्वीकार गरेको बताए। सहयोग रकम लिन आउनू भनी प्रधानमन्त्रीको कार्यालयबाट फोन आएको तर परिवारजनले सो रकम लिन अस्वीकार गरेको उनले बताए।  

फागुन १४ मा मस्तिष्कघात भएपछि उपचाररत जोशीलाई भेट्न शुक्रबार निर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वरपोखरेलले पनि सरकारका तर्फबाट १० लाख सहयोग उपलब्ध गराउने निर्णय भएको जोशी परिवारलाई जानकारी गराएका थिए।

सहयोग रकम किन अस्वीकार गरियो भन्ने नखुले पनि स्वकीय सचिव पाण्डेले नेता जोशीले विभिन्न ठाउँमा लाखौंको अक्षयकोष स्थापना गरिसकेको र सरकारले घोषणा गरेको रकमले औषधि पनि किन्न  नपुग्ने प्रतिक्रिया दिए।

प्रकाशित मिति: १५:१० बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्