Kathmandu Press

‘मध्यपुर थिमिको विकासमा निरन्तर लाग्नेछु’

‘मध्यपुर थिमिको विकासमा निरन्तर लाग्नेछु’

भक्तपुर, चैत ८ : प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई आर्थिक विकाससँग जोडेर सफल पार्नुपर्ने बताएका छन्। 

५० लाख रुपैयाँ लागतमा मध्यपुर थिमि नगरपालिका-९ राधेराधेको आस्थामार्गमा आठ मिटर चौडा बाटो विस्तार र सहरी विकास तथा भवन निर्माण विभागबाटै विनियोजित २५ लाखको लागतमा मध्यपुरथिमि-५ राधेराधे क्षेत्रको गुहेश्वरी हनुमन्ते मार्गमा १४ फिट चौडा सडक गरी एकै दिन एक घन्टाको अन्तरालमा दुई सडक विस्तार एवं ढलानको आइतबार उनले शिलान्यास गरे।


यसक्षेत्रमा हनुमन्ते करिडोर निर्माण भएकाले डुबानमा पर्न छाडेको चर्चा गर्दै उनले आगामी जेठसम्ममा हनुमन्ते करिडोरका सबै काम पूरा गर्ने बताए। आगामी जेठसम्ममा हनुमन्ते करिडोर निर्माण पूरा गर्न नसके २ अर्ब रकम फिर्ता जाने बताउँदै उनले विकास रोकेर बजेट फिर्ता पठाउन खोज्ने माफियालाई लखेट्न हातमा लाठो लिएर जनता प्रतिकारमा उत्रिनुपर्ने बताए।

पूर्वमन्त्रीसमेत रहनुभएका बस्नेतले भने, ‘अब मध्यपुर थिमिको विकासमा हरेक दिन मेरो पहल रहनेछ, उपत्यका विकास प्राधिकरण र सहरी विकास विभागबाट बजेट ल्याएर थिमिको भित्री बस्तीका सडक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु, हरेक दिन अब कुनै न कुनै विकासको शिलान्यास, उद्घाटन र अनुगमनमा म सक्रिय रहनेछु।’

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्