Kathmandu Press

सेनाले छिचोल्यो हुम्लाको अति कठिन सलीसल्ला भीर

हुम्ला, चैत ८ : नेपाली सेना हुम्लामा पर्ने निकै जटिल चट्टानी क्षेत्र सलीसल्ला भीर फोड्न सफल भएको छ।कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने उक्त...
सेनाले छिचोल्यो हुम्लाको अति कठिन सलीसल्ला भीर

हुम्ला, चैत ८ : नेपाली सेना हुम्लामा पर्ने निकै जटिल चट्टानी क्षेत्र सलीसल्ला भीर फोडेर बाटाे छिचाेल्न सफल भएको छ।

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डमा पर्ने उक्त भीर डेढ वर्ष लगाएर सेनाको विकास निर्माण दलले फोडेको हाे। त्यहाँ सडक ट्रयाक खुलाउने कार्य भइरहेको छ। 

कालिकोटको खुलालुदेखि हुम्लाको सलीसल्ला खण्डको १ सय २३ किलोमिटर क्षेत्रमा नेपाली सेनाले सडक निर्माणको काम गरिरहेको छ। भीर छिचोलेसँगै त्यहाँ चट्टानको लेबल मिलाउने, गारो लगाउने, ग्याबिन भर्ने काम सुरु भएको सेनाले जनाएकाे छ। 

सेनाले निकै कष्ट र मिहिनेतका साथ भीर छिचोल्न सफल भएको उक्त खण्डका योजना प्रमुख सेनानी मिलन कार्कीले बताए। २० मिटर अग्लो र ६ सय मिटर लम्बाइको उक्त भीर फोड्ने कार्यमा संलग्नहरू विष्फोटका लागि शरिरमा डोरी बाँधेर कैयौं समय खटिएको उनको भनाइ छ।

सेनाले सलीसल्ला भीरमा सडक छिचोलन निकै कठिन हुने बताउँदै आएको थियो। मास्तिर भीर र तल्तिर कर्णाली नदी भएकाले त्यहाँ काम गर्न निकै जोखिम थियो। तर सजिलैसँग भीर छिचोलेको भन्दै उनले खुसी व्यक्त गरे।

सेनाले अब केही समयमै त्यहाँ गाडी गुडाउने जनाएको छ । चैतभित्र ट्रयाक खोल्ने र असारसम्म गाडी गुडाउन योग्य बनाइने सेनाको भनाइ छ। 

प्रकाशित मिति: १३:२१ बजे, आइतबार, चैत ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्