राजपाले भन्यो–संविधान संशोधनका लागि सभामुखबाट रुलिङ होस्
काठमाडौं, जेठ २१ : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनका लागि सभामुखले रुलिङ गर्नु पर्ने माग गरेको छ।
मंगलबार प्रतिनिध....

काठमाडौं, जेठ २१ : राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनका लागि सभामुखले रुलिङ गर्नु पर्ने माग गरेको छ।
मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनेवितिकै राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न सभामुखले समय दिएका थिए।
सांसद साहले संविधान संशोधन अपरिहार्य भएकाले सभामुखबाट ‘रुलिङ’ गर्न माग गरे। उनले संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १२५ जनाले सहादत प्राप्त गरेकाले आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने कुरा सुन्दा तराई मधेसका जनता अचम्ममा परेको भएको बताए।
प्रधानमन्त्रीबाट पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुने प्रतिबद्धता हँुदै आएको र मधेसी समुदायका १२५ जना सहादत हुँदा पनि आवश्यकता र औचित्य नदेखिनु अचम्मको विषय बनेको उनको भनाइ छ।
साहले लोकसेवा आयोगले संविधान र कानूनको उल्लंघन गरेर स्थानीय तहका लागि ठूलो संख्यामा पदपूर्तिको विज्ञापन गरेको उबताए।











