Kathmandu Press

चित्रकला प्रतियोगितामा कुमुदिनी होम्स प्रथम

पोखरा, चैत ८ : इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७...
चित्रकला प्रतियोगितामा कुमुदिनी होम्स प्रथम
Hardik ivf

पोखरा, चैत ८ : इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशका विद्यालयलाई समेटेर ‘क्यानभासमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ शनिबार सम्पन्न भएको छ।

दुई चरणमा सम्पन्न प्रतियोगितामा प्रथम चरणमा सहभागिता जनाएका १ सय ९७ चित्रमध्येबाट उत्कृष्ट १२ प्रतियोगी छनोट गरिएको इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए। उनका अनुसार दोस्रो चरणमा प्रथम चरणबाट छनोटमा परेका उत्कृष्ट १२ प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए।

स्थलगत रुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्यांकनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा छुट्याएका थिए। त्यसमा क्रमशः कुमुदिनी होम्स माविका युकेस सुनार, हिलप्वाइन्ट माविका सपना नेपाली, कास्की मोडनाइज्ड एकेडेमीका जेसिका तिलिजा पुन र गण्डकी बोर्डिङ स्कुलका स्वरुप माकाजु छन्। उनीहरुले क्रमशः ९ हजार, ६ हजार, ३ हजार र १ हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरे । 

प्रकाशित मिति: १२:०८ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्