पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं, चैत ८ : आज (आइतबार) सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६...
काठमाडौं, चैत ८ : आज (आइतबार) सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८७ हजार २ सय रुपैयाँ तोकिएको छ ।
तेजाबी सुनको भाउ भने ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि अलिकति बढेको छ। शुक्रबार प्रतितोला १ हजार २ सय ७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको छ।
प्रकाशित मिति: ११:४९ बजे, आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











