Kathmandu Press

बिरामी ‘रिफर’ गर्ने अस्पताललाई पाँच लाखसम्म जरिवाना

वीरगंज, जेठ २१ : उपचार गर्न सक्ने बिरामीलाई ‘रिफर’ गरेमा अस्पताललाई पाँच लाखसम्म जरिवाना गर्ने प्रदेश २ सरकारले व्यवस्था गर्न लागेको छ। यस....

बिरामी ‘रिफर’ गर्ने अस्पताललाई पाँच लाखसम्म जरिवाना

वीरगंज, जेठ २१ : उपचार गर्न सक्ने बिरामीलाई ‘रिफर’ गरेमा अस्पताललाई पाँच लाखसम्म जरिवाना गर्ने प्रदेश २ सरकारले व्यवस्था गर्न लागेको छ। यसका लागि विधेयक ल्याएको छ।

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिए।

विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहुँदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा २५ हजारदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था रहेको छ।

अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा एक लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत विधेयकमा रहेको मन्त्री साहले बताए।

यसैगरी दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना गर्ने ब्यवस्था गरिएको छ।

विधेयकले ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पु¥याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको हो।

हालसम्म प्रदेश २ को संसद्मा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विषयगत विधेयक पारित भएको प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाले बताए।

प्रकाशित मिति: १५:०२ बजे, मंगलबार, जेठ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्