Kathmandu Press

जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गयो 

काठमाडौं, चैत्र ८ : जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका १३ उजेलीनगर घर भएर त्यही...
जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गयो 

काठमाडौं, चैत्र ८ : जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका १३ उजेलीनगर घर भएर त्यही ठाउँको गङ्गानगरमा भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ः ०० बजेको समयमा जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै ज्यान गएको हो । यस्तै हात्तीले त्यस ठाउँका तीनवटा घर पूर्णरूपमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

प्रकाशित मिति: ०८:३८ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्