Kathmandu Press

नेपाली जनसम्पर्क समिति कतारको पाँचौ अधिवेशन सम्पन्न, सभापतिमा अजिज अलि निर्बिरोध 

काठमाडौं, चैत्र ८ : नेपाली कांग्रेसको प्रवास स्थित संगठन नेपाली जनसम्पर्क समिति कतारको सभापतिमा स्याङ्जाका मोहम्मद अजिज अलि निर्विरोध चयन भएका छन् । समितिको...
नेपाली जनसम्पर्क समिति कतारको पाँचौ अधिवेशन सम्पन्न, सभापतिमा अजिज अलि निर्बिरोध 

काठमाडौं, चैत्र ८ : नेपाली कांग्रेसको प्रवास स्थित संगठन नेपाली जनसम्पर्क समिति कतारको सभापतिमा स्याङ्जाका मोहम्मद अजिज अलि निर्विरोध चयन भएका छन् । समितिको पाँचौ राष्ट्रिय अधिवेशनबाट अलिको नेतृत्वमा २९ सदस्यीय नया कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो । 

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनका बिशिष्ठ अतिथिहरु कांग्रेस महामन्त्री डा. शशांक कोईराला केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी केन्द्रीय सदस्य एनपी साउद नेपाली राजदुताबास कतारका दित्तीय सचिव प्रविन भट्टराईले सम्बोधन गरेका थिए । 

भर्चुअल मार्फत गरिएको अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा बोल्दै प्रमुख अतिथि निधिले जनसम्पर्क समिति कतारले विश्व ब्यापी फैलिएको कोभिड १९ को प्रतिकुल अवस्थामा पनि प्रबिधि मार्फत अधिवेशन भव्यरुपमा सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको भन्दै अन्य जनसम्पर्क समितिहरुले पनि यी विधिबाट यथासक्य अधिवेशनहरु सम्पन्न गर्न सुझाएका थिए । यस्तै, महामन्त्री कोइरालाले चितवन एयरपोर्टबाटनै जुम भिडियो कल गरि अधिवेशन सफलताको शुभकामना दिएका थिए । 

कार्यक्रमको बन्द सत्रबाट सभापति अजिज अलि सहित उपसभापतिहरुमा ठाकुर कुमार परियार, राम कुमार मण्डल र अर्जुन चापागाई महामन्त्रीमा केदार भुसाल र अबु अलि सहमहामन्त्रीमा भोजबहादुर साउद र खगेन्द्र खनाल कोषाध्यक्षमा केदार शर्मा सहकोषाध्यक्षमा महेश्वर मण्डल निर्बिरोध निर्वाचित भएका छन त्यसै गरि समितिको सदस्यहरुमा शिवराज गौतम, रामेश्वर मण्डल, छबिलाल भट्टराइ, तिलकराम घिमिरे, अनुप जोरा, वाहिद अलि, दिपजंग शाह, कृष्ण पन्थी,  मो.इन्दाज आलम, बसन्तराज पुरी, प्रेम चलाउने, रामु रेग्मी, कलाउद्दीन नदाफ र  ईशिलाल पण्डित रहेका छन त्यसै गरि प्रदेश नम्बर २ को संयोजक शेख हनिफ मिया ३ को संयोजक डेग बहादुर भारती ४ को बिकाश भुजेल ५ को कृष्ण शाह ७ को नरेश जैसी रहेका छन् । 

अधिवेशनले नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि ३  महासमिति सदस्य र ४  महाधिवेशन प्रतिनिधिहरु पनि निर्वाचित गरेको छ । जसमा सभापति अजिज अलि, संस्थापक सभापति नरेन्द्र भाट र संस्थापक महामन्त्री बिमल सुवेदी महासमिति सदस्य रहेका छन भने  महाधिवेशन प्रतिनिधिहरुमा क्रान्ति सिंह, शंकर न्यौपाने, प्रविन गुरुङ र राजु रेग्मी रहेका छन् । 

समितिका कार्यवाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न राष्ट्रिय अधिवेशनको उद्घाटन सत्र महामन्त्री अजिज अलिले संचालन गरेका थिए । बन्द सत्र नेपाली कांग्रेसको केन्द्रीय जनसम्पर्क समन्वय बिभाग प्रमुख गोबिन्द भट्टराई र केन्द्रीय प्रतिनिधि भुवानी प्रसाद तिमिल्सिनाको रोहोबरमा सम्पन्न भएको थियो निर्वाचन समितिका संयोजक धन बहादुर बलायरले प्रमाणपत्र पत्र प्रदान गरि सपथ ग्रहण गराएका थिए । 

प्रकाशित मिति: ०६:३४ बजे, आइतबार, चैत ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्