Kathmandu Press

मनाङमा ट्रक दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

मनाङमा ट्रक दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

चामे, चैत ७ : मनाङको नासों गाउँपालिका ४, खोत्रोमा शनिबार ट्रक दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। एक बालक रहेका छन्।

लमजुङकाृ बेंसीसहरबाट सिमेन्ट बोकेर मनाङ सदरमुकाम चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा नासों गाउँपालिका ४, ओडार गाउँका ७ वर्षीय लिउन गुरुङ, ३५ वर्षीया मनिषा गुरुङ र २६ वर्षीया जलकाशी गुरुङको मृत्यु भएको छ। जलकाशी मनिषाकी बहिनी हुन भने लिउन छोरा हुन्।

उकालो बाटोमा ट्रक ब्याक हुँदा सडकबाट ४५ मिटर तल खसेको छ। दुर्घटनामा ट्रकका चालक लमजुङका सुमन तामाङ, सहचालक लक्ष्मण नेपाल, नासों गाउँपालिका ७ वर्षीय थिउन गुरुङ, ६ वर्षीय निहल र चामे गाउँपालिका ४ का २५ वर्षीय धनमान विश्वकर्मा घाइते भएका छन्।

घाइतेहरुलाई उपचारका लागि बेंसीसहरस्थित जिल्ला अस्पताल पठाएको छ।

प्रकाशित मिति: २०:०६ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्