Kathmandu Press

कांग्रेसको काँधमा व्यवस्था जोगाउने दायित्वः पौडेल

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको काँधमा व्यवस्था जोगाउने दायित्व आएको बताएका छन्।
कांग्रेसको काँधमा व्यवस्था जोगाउने दायित्वः पौडेल

काठमाडौं, चैत ७ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको काँधमा व्यवस्था जोगाउने दायित्व आएको बताएका छन्।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा पौडेलले संविधान र संसद् नै फालेर मैमत्ता हुन खोजेका प्रधानमन्त्री केपी ओलीका कारण व्यवस्था नै संकटमा पर्न थालेको औँल्याए।

प्रधानमन्त्री ओली संसदीय व्यवस्थालाई विकृत र बदनाम बनाउन लागिपरेको उनले बताए। ‘कांग्रेसले अहिले सत्ताभन्दा व्यवस्थालाई महत्व दिनुपर्छ। व्यवस्था बच्यो भने सत्ता पटक-पटक आउँछ,’ उनले भने।

प्रधानमन्त्री ओलीको विकल्प खोज्न डराउन नहुने उनले बताए। ‘संकटका बेला खरो उत्रिने कोसिस गर्दा मात्रै जनताले भरोसा गर्नेछन्,’ उनले भने।

प्रकाशित मिति: १८:४७ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्