देश संकटबाट गुज्रिरहेको बेला सरकार रमिते बन्यो : गगन थापा
सुर्खेत, चैत ७ : कांग्रेस नेता गगन थापाले देश संकटबाट गुर्जिरहेको बेला सरकार भने रमिते बनेको बताएका छन् । कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको...
सुर्खेत, चैत ७ : कांग्रेस नेता गगन थापाले देश संकटबाट गुर्जिरहेको बेला सरकार भने रमिते बनेको बताएका छन् । कांग्रेस सुर्खेतले शनिबार आयोजना गरेको कार्यक्रममा थापाले नागरिकहरू महासंकटबाट गुज्रिएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले सरकारले गर्नुपर्ने काम नगरेर शिलान्यास, उद्घाटनमा दैनिकी खेर फालेको बताए । ‘कम्युनिस्टले वर्षौँदेखि कांग्रेसले विकास नगरेको भन्छ’,उनले भने ‘नेकपाको झगडामा जनताको विषय उठेन । नेकपाले देखाएको सपनामा जनता छैन । संमृद्धिको कल्पना खोक्रो थियो ।’
अब सरकार बनाउने जिम्मा कांग्रेसको काँधमा आइपुगेको पनि उनले बताए । ‘प्रधानमन्त्री बदल्ने अवस्था कांग्रेसको जिम्मामा छ’ उनले भने, ‘हामीले प्रधानमन्त्री बदल्नुपर्छ ।’
प्रकाशित मिति: १६:५४ बजे, शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











