मिङ्माले बनाए सगरमाथा र ल्होत्सेको छिटो आरोहण गर्ने कीर्तिमान
काठमाडौं, जेठ २१ : सगरमाथा र ल्होत्से (चौथो)को सबैभन्दा छिटो आरोहण गरेर मिङ्मा दोर्ची शेर्पाले नयाँ कीर्तिमान बनाएका छन्।
उनले सगरमाथा र ल्ह....
काठमाडौं, जेठ २१ : सगरमाथा र ल्होत्से (चौथो)को सबैभन्दा छिटो आरोहण गरेर मिङ्मा दोर्ची शेर्पाले नयाँ कीर्तिमान बनाएका छन्।
उनले सगरमाथा र ल्होत्से (चौथो)को ६ घण्टा १ मिनेटमा आरोहण गरेका हुन्। आज पायोनिर एड्भेन्चरले पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो।
मिङ्माले सगरमाथा र ल्होत्से (चौथो)सँगै मकालुको पनि आरोहण गरेका छन्। उनले ५४ घण्टा २५ मिनेटमा आरोहण गरी नयाँ कीर्तिमान बनाएको पायोनिर एडभन्चरले जनाएको छ।
यसअघि निर्मल पुर्जाले दुवै हिमालको १० घण्टा १५ मिनेटमा आरोहण गरेर कीर्तिमान बनाएका थिए।
मिङ्माले सगरमाथाको जेठ १३ गते १२ बजेर ४४ मिनेटमा आरोह गरेका थिए भने ल्होत्से (चौथो)को पनि जेठ १३ गते नै बिहान ६ बजेर ४५ मिनेटमा आरोहण गर्न सफल भएका थिए।
कीर्तिमानी आरोही मिङ्माले हिमाल आरोहणमार्फत नेपाललाई विश्वसामु चिनाउने प्रयास गरेको बताए।
उनले विश्वको पाँचौ अग्लो हिमाल मकालुको जेठ १५ गते बिहान ७ बजेर ९ मिनेटमा आरोहण गरेका थिए। मिङ्माले सगरमाथाको पाँच, ल्होत्सेक, मकालु र मनास्लुको तीन/तीन, केटु, धौवलागिरी र आमादब्लामको दुई/दुई पटक आरोह गरेका छन्।






