Kathmandu Press

भारतमा एकै दिन झन्डै ४१ हजार संक्रमित

काठमाडौं, चैत ७ : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि तीव्र रूपमा बढ्न थालेको छ।सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४...
भारतमा एकै दिन झन्डै ४१ हजार संक्रमित

काठमाडौं, चैत ७ : भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा फेरि तीव्र रूपमा बढ्न थालेको छ।

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना संक्रमित थपिएका छन्। 
 
सोही अवधिमा २३ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाहरुको भन्दा थप संक्रमितहरुको संख्या झन्डै दोब्बर भएकाले महामारी थप फैलिँदै गएको देखिएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल १ करोड १५ लाख ५५ हजार २८४ जना कोरोनाभाइरसबाट संक्रमित भएको जनाएको छ । तीमध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ। 

भारतमा कोरोना संक्रमितमध्ये १ लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ। तीमध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। कोरोना भाइरसबाट महाराष्ट्र प्रदेश सबैभन्दा बढी प्रभावित भएको छ।

महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा १३ हजार ६०१ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा ५८ जनाको मृत्यु भएको छ।  

प्रकाशित मिति: १६:०० बजे, शनिबार, चैत ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्