Kathmandu Press

बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप

काठमाडौं, चैत ७ : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ। युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै...
बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप

काठमाडौं, चैत ७ : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ। युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द गरिएकै बेला बेलायती प्रधानमन्त्रीले त्यही खोप लगाएका हुन्।

‘मैले भर्खरै कोरोनाभाइरस विरुद्धको अस्ट्राजेनिका खोप लगाएको छु । यो मेरो पहिलो मात्रा हो । खोप लगाउन सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद !’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्नुभएको छ। 

उनले खोप लगाउँदा आफुलाई सुरक्षित महसुस भएको बताउँदै अरुलाई पनि खोप लगाउन आह्वान गरेका छन्। ‘कोरोनाविरुद्धको खोप लगाउन राम्रो हो, यही लगाउन नपाएर हामीले धेरैलाई गुमाउनुपर्यो, आशा गरौं अव त्यस्तो हुनेछैन,’ उनले उल्लेख गरेका छन्।

खोप लगाएपछि आफूलाई कुनै असजिलो नभएको जानकारी दिँदै उनले खोप लगाउँदा छिटो र सजिलोसँग भएको बताए। 

प्रधानमन्त्री जोन्सन गत वर्ष सन् २०२० को अप्रिलमा कोरोना भाइरसबाट सङ्क्रमित भएर अस्पताल नै भर्ना भएका थिए। बेलायतमा प्रधानमन्त्रीसहित अन्य विशिष्ट व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाएका छन् भने आम नागरिकलाई पनि खोप लगाउने अभियान चलिरहेको छ।

कोरोनाविरुद्धको खोपको प्रयोग पनि सबैभन्दा पहिले बेलायतबाटै भएको हो । त्यसपछि मात्रै अन्य देशहरुमा लगाउन थालिएको हो।

प्रकाशित मिति: १४:१२ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्