Kathmandu Press

एमाले दलको विधान संशोधन गर्न केन्द्रीय समितिमा प्रस्ताव लगिने

काठमाडौं, चैत ७ : एमालेको संसदीय दलको बैठक जारी छ। प्रधानमन्त्र निवास बालुवाटारमा बसेको बैठकले दलको विधान संशोधनका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने...
एमाले दलको विधान संशोधन गर्न केन्द्रीय समितिमा प्रस्ताव लगिने

काठमाडौं, चैत ७ : एमालेको संसदीय दलको बैठक जारी छ। प्रधानमन्त्र निवास बालुवाटारमा बसेको बैठकले दलको विधान संशोधनका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको जनाइएको छ।

संसदीय दलको बैठकलगत्तै बालुवाटारमै केन्द्रीय समितिको बैठक बस्दैछ।  बैठकमा नेपाल-खनाल समूह भने अनुपस्थित छन्। बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन्।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रधानमन्त्री केपी ओलीले सरकार र पार्टीका विषयमा थप छलफल गर्न बैठक बोलाएका हुन्।

प्रकाशित मिति: १३:११ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्