Kathmandu Press

घुस माग्ने इन्स्पेक्टरलाई कारबाही गर्न सिफारिस

दाङ, चैत ७ : सेवाग्राहीसँग घुस माग्ने एक प्रहरी निरीक्षकलाई विभागीय कारबाहीको लागि पत्राचार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले दश हजार घुस मागेको...
घुस माग्ने इन्स्पेक्टरलाई कारबाही गर्न सिफारिस

दाङ, चैत ७ : सेवाग्राहीसँग घुस माग्ने एक प्रहरी निरीक्षकलाई विभागीय कारबाहीको लागि पत्राचार गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानले दश हजार घुस मागेको आरोपमा सल्यानस्थित इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक श्यामकुमार यादवलाई कारबाही गर्न पत्राचार गरिएको हो । 

प्रमुख प्रहरी निरीक्षक यादवविरूद्ध चैत २ गते जिल्ला प्रहरी कार्यालयमा दाङ तुलसीपुर उपमहानगरपालिका–९ स्थित नव कान्तिपुर भलाई तथा इन्भेष्ट कम्पनी प्रालिका शाखा म्यानेजर महेन्द्र महराले दुर्घटना प्रमाणित गराउन आफूसँग दश हजार घुस माग गरेको भन्दै जाहेरी दिएका थिए। 

सोही जाहेरीको आधारमा उनीविरूद्ध प्रहरी नियमावली बमोजिम कारबाही गर्न शुक्रबार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पत्राचार गरेको सल्यान प्रहरीले जनाएको छ ।  


 

प्रकाशित मिति: १२:५६ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्