Kathmandu Press

श्रीलंकामा चिनियाँ खोपलाई पनि अनुमति

काठमाडौं, चैत ७ : श्रीलंकामा चिनियाँ खोपलाई प्रयोगका लागि अनुमति दिइएको छ। श्रीलंकाको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म...
श्रीलंकामा चिनियाँ खोपलाई पनि अनुमति

काठमाडौं, चैत ७ : श्रीलंकामा चिनियाँ खोपलाई प्रयोगका लागि अनुमति दिइएको छ। श्रीलंकाको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि शनिबार अनुमति दिएको हो।

यो खोप आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर अनुमति दिइएको अधिकारीहरुले जनाएका छन्। नियमक निकायले अनुमति दिएकाले अब त्यसको आपूर्ति तथा व्यवस्थापनको काम अगाडि बढाइने श्रीलंकाका उत्पादन, आपूर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनले जानकारी दिए। श्रीलंकामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो । यसअघि अस्ट्राजेनिका र स्पुत्निक भीले अनुमति पाएका थिए। 

श्रीलंकाले अहिले खोप अभियान व्यापक रुपमा चलाइरहेको छ । गत फेब्रुअरीको मध्यदेखि सुरु भएको खोप अभियानअन्तर्गत सबैभन्दा पहिला अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइएको थियो । उनीहरुलाई अस्ट्राजेनिका खोप लगाइएको हो । अस्ट्राजेनिकाको खोप श्रीलंकाले भारतबाट ल्याएको हो।

गत जनवरी र फेब्रुअरीमा खोप ल्याइएको थियो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत २ लाख ६४ हजार मात्रा खोप श्रीलंकाले पाएको हो । अहिले ६० बर्षभन्दा बढी उमेरका नागरिकलाई लगाउन थालिएको अधिकारीहरुले जनाएका छन्।

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, चैत ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्