Kathmandu Press

पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ७ : देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको...
पहाडी भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, चैत ७ : देशभर आज आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । 

स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशभर बदली भई पहाडी भूभागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार अझै दुई–तीन दिन देशभर आंशिकदेखि सामान्य बदली रहने छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, २, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको बताइएको छ । 

जल तथा मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २७ दशमलव सात डिग्री सेल्सियस रहेको छ । 

प्रकाशित मिति: १२:०७ बजे, शनिबार, चैत ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्