Kathmandu Press

ओली र प्रचण्डको नेपालसँग छलफल, आजै सचिवालय बैठक डाकियाे

काठमाडौं, जेठ २१ : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन्। आज बिहान बालुवा....

ओली र प्रचण्डको नेपालसँग छलफल, आजै सचिवालय बैठक डाकियाे
फाइल फोटो

काठमाडौं, जेठ २१ : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ नेता माधव नेपालसँग छलफल गरेका छन्। आज बिहान बालुवाटारमा नेपालसँग भएको छलफलपछि अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएको छ।

सचिवालय बैठक बस्नु अघि ओली र प्रचण्डले नेपालसँग छलफल गरेका हुन्। छलफलमा नेकपा महासचिव बिष्णु पौडेल पनि सहभागी थिए।

नेकपा नेताहरूका अनुसार, आज बिहान भएको छलफलमा सहमति बनेको छ। ओली र प्रचण्डले नेपालसँग केन्द्रीय सदस्यको कार्यविभाजनसम्बन्धी सहमति गरेको जनाएको छ।

सहमतिका विषयमा केही खुलाएको छैन्। सहमति बनेकाले नै अपराह्न ३ बजे सचिवालय बैठक बोलाइएको जनाएको छ।

सचिवालय बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन गर्नेछ। नेपालले केन्द्रीय सदस्यलाई दोहोरो जिम्मेवारी दिन नहुने अडान राख्दै आएका छन्।

सचिवालयमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली अल्पमतमा छन्। त्यसैले बैठक अघि नै नेपालसँग छलफल गरिएको जनाएको छ। सचिवालयमा नेपाल निर्णायक छन्।

प्रधानमन्त्री ओली अल्पमतमा रहेकाले पटकपटक सचिवालय बैठक स्थगित हुँदै आएको थियो। हिजो पनि बस्ने भनेको बैठक अन्तिम समयमा स्थगित भएको जनाएको थियो।

नेकपामा चार सय ५१ केन्द्रीय सदस्य छन्। त्यसबाट एक सय ४७ पोलिटब्यूरो सदस्य चयन गर्न बाँकी छ।

प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, जेठ २१, २०७६