Kathmandu Press

पुराना लुगा दान गर्न गुथि संस्थाको आह्वान

काठमाडौं, चैत ६ : दराजमा थन्किएर बसेका, प्रयोगमा नआएका लुगाहरु दान गर्न आह्वान गरिएको छ।शुक्रबार ग्लोबल रिसाइक्लिङ दिवसका अवसरमा एक कार्यक्रमबीच ‘ग्लोबल रिसाइक्लिङ...
पुराना लुगा दान गर्न गुथि संस्थाको आह्वान

काठमाडौं, चैत ६ : दराजमा थन्किएर बसेका, प्रयोगमा नआएका लुगाहरु दान गर्न गुथि संस्थाले आह्वान गरेको छ।

शुक्रबार ग्लोबल रिसाइक्लिङ दिवसका अवसरमा एक कार्यक्रमकाे आयाेजना गरी गुथिले पुराना लुगा दान गर्न आह्वान गरेकाे हाे। गुथि संस्था र काठमाडौं रिसाइकल्डको पहलमा गत वर्षबाट यो दिवस मनाउन थालिएको हो।

यसै अवसरमा शुक्रबार आयोजित ‘विधुतीय फोहोर व्यवस्थापनमा महानगरपालिकाको भूमिका’ विषयक छलफल गोष्ठीमा बोल्दै गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले पुराना लुगा दान गर्न आह्वान गरेका हुन्।

यस अघि पनि पुराना लुगा संकलन गरेर पुनःप्रयोगमा ल्याइएको उल्लेख गर्दै अमात्यले भने, ‘प्रयोगमा नआउने लुगा दान गरौं, सानो प्रयासमा सहभागि होऔ भनी प्रयोगविहीन भएर बसेका लुगाकपडा संकलन कार्यक्रममा गुथिमा कार्यरत कर्मचारी र इन्टर्न तथा एरोसान हवमा कार्यरत अपरेटरहरुबाट केही लुगाहरु संकलन भएको थियो। संकलित लुगाहरु सुखावती फाउन्डेसन फर रिसाईकललाई हस्तान्तरण गरिएको थियो।’

त्यसबाट पुनःप्रयोगमा ल्याइएको बताउँदै उनले भने, ‘फाउन्डेसनले प्रयोगमा नआएका लुगाहरु संकलन गरि त्यस्ता लुगाहरुलाई पुनः प्रयोगमा ल्याई त्यसबाट भएको आम्दानी असाहाय बालबालिकाको शिक्षामाखर्च गर्दै आईरहेको छ।’

काठमाडौ महानगरपालिका–१५ कार्यालय र वातावरण व्यवस्थापन विभागसँगको सहकार्यमा गुथि र काठमाडौं रिसाकिल्डले काठमाडौं महानगरपालिका–१५ कार्यालयमा संचालन गरेको हो। कार्यक्रममा काठमाडौं–१५ का वडाध्यक्ष एवं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल भविष्यलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए। यसको शुरुआत वडा नं. १५ बाटै गर्ने उनले बताए।

महानगरको वातावरण विभाग प्रशासन महाशाखा प्रमुख सरिता राईले विभिन्न फोहोरमैला व्यवस्थापनमा संलग्न संघ संस्थालाई विधुतिय फोहोर व्यवस्थापनका लागि पाईलट परियोजना संचालनका लागि विभागसँग हातेमालो गर्न आग्रह गरिन्। राईको संयोजकत्वमा फोहोर व्यवस्थापनमा कार्यरत विभिन्न संघ संस्था र समुदायका प्रतिनिधिहरु सम्मिलित कार्यक्रम कार्यान्वयन कार्यदल गठन गरिएको छ।

कार्यक्रममा त्रि–चन्द्र क्याम्पसकी उप–प्राध्यापक डा. ज्योति गिरीले वर्तमान सन्दर्भ र विधुतिय फोहोर व्यवस्थापन विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्। यसको व्यवस्थापनका लागि पुनविचार, अस्वीकार, कम प्रयोग, अर्को कामको लागि प्रयोग, पुनः प्रयोग, रिसाइकल र कुहाउने गरि सात नियमको पालना गर्नुपर्ने बताइन्।

प्रकाशित मिति: २१:१५ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्