खाडी र मलेसिया जाने अवस्था अन्त्य गर्नुपर्छ : थापा
काठमाडौं, चैत ६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीका अरबको खाडी र मलेसिया जाने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।शुक्रबार राप्रपानिकट ट्रेड...
काठमाडौं, चैत ६ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रोजगारीका अरबको खाडी र मलेसिया जाने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन्।
शुक्रबार राप्रपानिकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशमा प्रचुर सम्भावना भएपनि युवाहरु रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता रहेको बताए।
नाफामा चलिरहेका ठूला उद्योगहरूलाई २०४६ पछि निजीकरणका नाममा कौडीको मूल्यमा बिक्री गरेर श्रमिकहरूलाई विस्थापित गरिएको बताए।
कम्युनिस्ट र कांग्रेसको अदूरदर्शी आर्थिक नीतिका कारण मुलुक गम्भीर अवस्थामा पुगेको उनको भनाइ थियो। अब कम्युनिस्ट र कांग्रेसको विकल्प खोज्नुपर्ने बेला आएको थापाले बताए।
प्रकाशित मिति: १९:०२ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











