Kathmandu Press

लोकतान्त्रिक प्राध्यापक संघको अध्यक्षमा डा. तिवारी

काठमाडौं, चैत ६ : राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको अध्यक्षमा डा. उदयकिोर तिवारी चयन भएका छन्।जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा समाजवादी प्राध्यापक मञ्च...
लोकतान्त्रिक प्राध्यापक संघको अध्यक्षमा डा. तिवारी

काठमाडौं, चैत ६ : राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको अध्यक्षमा डा. उदयकिोर तिवारी चयन भएका छन्।

जसपाका अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यमा समाजवादी प्राध्यापक मञ्च र राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको समायोजन भएको हो। समायोजनपछि डा. तिवारीको नेतृत्वमा ६३ सदस्यीय समिति गठन गरिएको छ।

संघको वरिष्ठ उपाध्यक्षमा अखिलेश कुमार सिंह, उपाध्यक्षहरु डा. अशोक थापा, डा.अरुण कुमार ठाकुर, गीता श्रेष्ठ, डा. विनोद शाह, राजेश्वरप्रसाद यादाव, अजय चौधरी, राकेशप्रसाद जैसवाल, राकेश ठाकुर र राजेश जोशी गौतम रहेका छन्।

त्यस्तै, महासचिव उदयकुमार कर्ण, सचिवहरु कृष्णदेव भगत, निरञ्जन शाह, त्रिभूवन बरई, सुरेशप्रसाद कुसवाहा, नवीन झा, राजेशकुमार झा, अनिल मण्डल, दामोदर त्रिपाठी, नागेन्द्र झा, जवाहारलाल यादव र आनन्द यादव रहेका छन्। त्यस्तै, कोषाध्यक्षमा बज्रेस झा चयन भएका छन्।

 

प्रकाशित मिति: १८:४८ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्