कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा खनाल
वीरेन्द्रनगर, चैत ६ : कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन्।शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा खनाल मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्।...
वीरेन्द्रनगर, चैत ६ : कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन्।
शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा खनाल मुख्य न्यायाधिवक्तामा नियुक्त भएका हुन्। विद्याभुषण मानन्धरले राजीनामा दिएपछि मुख्य न्यायाधिवक्तको पद रिक्त रहेको थियो।
नवनियुक्त मुख्य न्यायाधिवक्ता खनाललाई शुक्रबार नै प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीको उपस्थितिमा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश राजेश्वर तिवारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।
समारोहमा मुख्यमन्त्री शाही, सभामुख राजबहादुर शाही तथा प्रदेशका मन्त्रीहरुको उपस्थिति रहेको थिए।
प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











