Kathmandu Press

ललिता निवास प्रकरणमा मुछिएका अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं, चैत ६ : ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ।...
ललिता निवास प्रकरणमा मुछिएका अख्तियार पूर्वप्रमुख आयुक्त बस्न्यातको मुद्दा हेर्न नमिल्नेमा
दीप बस्न्यात, पूर्वप्रमुख आयुक्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोग

काठमाडौं, चैत ६ : ललिता निवास प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ। इजलासका दुई न्यायाधीशमध्ये हरिकृष्ण कार्कीसँग बस्न्यातको नाता पर्ने भएकाले मुद्दा हेर्न नमिल्नेमा परेको जनाइएको छ।

गत मंसिर २८गते विशेष अदालतले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। उनले माघ १५ गते विशेष अदालतको आदेश कानुनविपरीत रहेको दाबी गर्दै थुनाबाहिरबाटै मुद्दा लड्न पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका थिए। 

बस्न्यातमाथि ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचार गरेको अभियोग छ। अख्तियारले बस्न्यातविरुद्ध ९ करोड ६५ लाख रूपैयाँ बिगो माग गर्दै २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। 
 

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्