Kathmandu Press

चाल्नाखेल जंगलमा भेटिएका शवको पहिचान 

काठमाडौं, चैत ६ : काठमाडौंको चाल्नाखेल जंगलमा भेटिएका शवहरुको पहिचान भएको छ। मृत्यु हुनेमा नुवाकनेटका १६ वर्षीय  अर्जुन खड्का र काभ्रेका १७ वर्षीय मंगल...
चाल्नाखेल जंगलमा भेटिएका शवको पहिचान 

काठमाडौं, चैत ६ : काठमाडौंको चाल्नाखेल जंगलमा भेटिएका शवहरुको पहिचान भएको छ। मृत्यु हुनेमा नुवाकनेटका १६ वर्षीय  अर्जुन खड्का र काभ्रेका १७ वर्षीय मंगल तामाङ रहेको प्रहरीले बताएको छ । 

बाङ्गेमुडामा बस्दै आएका उनीहरु बिहीबार साथीको घर ललितपुर जाने भन्दै हिँडेका थिए। घटनास्थलमा प्रहरीले दुईवटा विषादीको बट्टा पनि भेटेकाले आत्महत्या हुनसक्ने प्रारम्भिक अनुमान छ। 

शुक्रबार दिउँसो चाल्नाखेल जंगलमा दुई जनाको शव भेटिएको थियो । तीमध्ये एक जनाको खोल्सामा र एक जनाको डिलमा शव थियो । त्यसपछि प्रहरीले दुई वटा कुकुर समेत परिचालन गरेर अनुसन्धान गरेको थियो । 

प्रकाशित मिति: १६:४४ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्