Kathmandu Press

थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ६ : नेपालमा शुक्रबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा ३१६१ मा पिसिआर गर्दा १२५ जनामा कोरोना...
थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, चैत ६ : नेपालमा शुक्रबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ३१६१ मा पिसिआर गर्दा १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ।

पछिल्लो २४ घन्टामा १२३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ७३३ पुगेको छ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको छ।

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्