ट्रककाे ठक्करले ट्याक्टर चालककाे मृत्यु
सप्तरी, चैत ६ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका-११ स्थित सडकखण्डमा शुक्रबार ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।मृत्यु हुने ट्याक्टर चालक...
सप्तरी, चैत ६ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका-११ स्थित सडकखण्डमा शुक्रबार ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुने ट्याक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया-८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
पूर्वबाट पश्चिततर्फ जाँदै गरेको ना६ख ३४२५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । ट्रकलाई नियन्त्रणमा लिइए पनि चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १५:०३ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











