Kathmandu Press

चेक बाउन्स मुद्दामा दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ

काठमाडौं, चैत ६ : दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक पक्राउ परेका छन्। प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ...
चेक बाउन्स मुद्दामा दुगड आइरन उद्योगका प्रबन्ध निर्देशक पक्राउ

काठमाडौं, चैत ६ : दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक पक्राउ परेका छन्। प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेको हो।

बैंकिङ कसुरमा मुद्दामा पक्राउ पूर्जी जारी भएपछि दुगडलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त मालिगाउँलाई बुझाइएको कालिमाटी वृत्तका डिएसपी अपिलराज बोहराले जानकारी दिएका छन्। दुगडविरुद्घ मालिगाउँ वृत्तमा बैंकिङ कसुरमा जाहेरी परेको थियो। उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरिएको हो।

दुगडले दिएको ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि पीडितले उजुरी हालेका थिए।

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, चैत ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्