Kathmandu Press

फार्ममा आगलागी, २० गाई मरे

सप्तरी, चैत ६ : सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका-५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति आगलागी भएको छ। आगलागीमा परी २० वटा गाई मरेका...
फार्ममा आगलागी, २० गाई मरे

सप्तरी, चैत ६ : सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका-५ स्थित कृष्णाराम बहुउद्देश्यीय कृषि फार्ममा बिहीबार राति आगलागी भएको छ। आगलागीमा परी २० वटा गाई मरेका छन् भने १० वटा घाइते भएका छन्। त्यस्तै ३० वटा गाई हराइरहेको जनाइएको छ।

बिजुली सर्ट भएर आगो लागेको प्रहरीको भनाइ छ । फार्ममा रहेको अन्नपातसमेत जल्दा ५० लाखभन्दा बढीको क्षति भएको फार्म सञ्चालक मनोजकुमार साहले बताए। 

सप्तरी प्रहरीले भने ३१ लाख बराबरको क्षति भएको अनुमान गरेको छ । सोही फार्मका अर्का सञ्चालक दीनानाथ साह आगो निभाउने क्रममा घाइते भएका छन् । उनको उपचार भइरहेको छ। 

प्रकाशित मिति: १३:०२ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्