Kathmandu Press

केन्द्रबाट धेरै अनुदान पाउने प्रदेशमा कर्णाली र स्थानीय तहमा काठमाडौं महानगर (सूचीसहित)

काठमाडौं, जेठ २० : सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ मा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने अनुदान रकम सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले ....

केन्द्रबाट धेरै अनुदान पाउने प्रदेशमा कर्णाली र स्थानीय तहमा काठमाडौं महानगर (सूचीसहित)

काठमाडौं, जेठ २० : सरकारले आगामी आर्थिक वर्ष २०७६-७७ मा प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने अनुदान रकम सार्वजनिक गरेको छ।

अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरणमार्फत आगामी आर्थिक वर्षमा स्थानीय तह र प्रदेशका लागि उपलब्ध गराएको अनुदान सार्वजनिक गरेको हो। विवरणअनुसार प्रदेशतर्फ सबैभन्दा धेरै कर्णाली प्रदेशले र स्थानीय तहतर्फ सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले संघीय सरकारबाट अनुदान पाएका छन्। 

संघीय सरकारले विशेष अनुदानबाहेक ३ खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण गर्नेगरी बजेटमा विनियोजन गरेको थियो।  वित्तीय समानीकरण अनुदानको हिस्सा १ खर्ब ४५ अर्ब र सशर्त अनुदानको हिस्सा १ खर्ब ६८ अर्ब रुपैयाँ छ। बाँकी दुई अनुदानका लागि १०-१० अर्ब रुपैयाँ छुट्याइएको छ। 

प्रदेशर्तफ वित्तीय समानीकरण अनुदानस्वरुप ५५ अर्ब २९ करोड र सशर्त अनुदानतर्फ ४४ अर्ब ५४ करोड रुपैयाँ गरी ९९ अर्ब ८४ करोड रुपैयाँ हस्तान्तरण हुनेछ। 

यसैगरी, स्थानीय तहमा वित्तीय समानीकरण अनुदान ८९ अर्ब ९४ करोड र सशर्त अनुदान १ खर्ब २३ अर्ब गरी कुल २ खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण हुने मन्त्रालयले उल्लेख गरेको छ। 

हेर्नुस् सूची: 

प्रकाशित मिति: १८:५३ बजे, सोमबार, जेठ २०, २०७६