सुनको मूल्य पाँच सयले घट्यो
काठमाडौं, चैत ६ : सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज...
काठमाडौं, चैत ६ : सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ ।
बिहीबार ८७ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८६ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि तेजावी सुनको मूल्य ८६ हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १२:३९ बजे, शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
