Kathmandu Press

मलेसियासँग कूटनीतिक सम्बन्ध विच्छेद गर्दै उत्तर कोरिया 

काठमाडौं, चैत ६ : उत्तर कोरियाले मलेसियासँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्ने भएकाे छ।शुक्रबार मलेसियाको अदालतले उत्तर कोरियाली एक व्यक्तिलाई अमेरिकामा मनी लन्ड्रिङ गरेको...
मलेसियासँग कूटनीतिक सम्बन्ध विच्छेद गर्दै उत्तर कोरिया 

काठमाडौं, चैत ६ : उत्तर कोरियाले मलेसियासँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्ने भएकाे छ।

शुक्रबार मलेसियाको अदालतले उत्तर कोरियाली एक व्यक्तिलाई अमेरिकामा मनी लन्ड्रिङ गरेको आरोप लगाएपछि उत्तर कोरियाले मलेसियासँग कूटनीतिक सम्बन्ध विच्छेद गर्ने निर्णय गरेको हो।

उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै वासिंगटनले ‘मूल्य चुकाउनुपर्नेछ’ भन्दै चेतावनी दिएको छ। मलेसियाको विदेश मन्त्रालयले उत्तर कोरियाको यो निर्णयप्रति केही पनि प्रतिक्रिया दिएको छैन।

उत्तर कोरियाले आफ्नो नागरिकको नाम सार्वजनिक गरेको छैन। तर मार्चको सुरुमा मलेसियाको उच्च अदालतले उत्तर कोरियाको एक व्यक्ति मुन चोल म्योङलाई प्रत्यर्पण गर्न सकिने फैसला सुनाएको थियो। 

उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले यो प्रत्यार्पणलाई मलेसियाद्वारा गरेको ‘नराम्रो कार्य र अप्रत्यासित रूपमा ठूलो अपराध’ भएको आरोप लगाएको छ। मलेसियाको कार्यले ‘सार्वभौमिकताको सम्मानको आधारमा द्विपक्षीय सम्बन्धको सम्पूर्ण आधार’ नष्ट गरेको उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले बताएको छ। 

प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, चैत ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्