विप्लव समूहले भन्यो-सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति छैन
काठमाडौं, जेठ २१ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको स्पष्ट गरेको छ।
....
काठमाडौं, जेठ २१ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नभएको स्पष्ट गरेको छ।
सोलुखुम्बुमा विप्लव समुहले प्रहरी चौकीमा आक्रमण गरेको समाचार आए लगत्तै सोमबार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनालाई षड्यन्त्रपूर्ण प्रचारबाजी भएको उल्लेख गरेको छ ।
सोलुखुम्बुमा पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र हो’ विज्ञप्तिमा भनिएको छ। सरकारले नेकपामाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा प्रहरी चौकी आक्रमण गर्ने प्रचारबाजी गरी झुट्टा समाचार प्रसारण गराइएको दाबी पनि गरिएको छ।
विज्ञप्ति हेर्नुस्:







